इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा « Khabarhub

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार बनाउने पक्षमा रहेको खुलेको छ।

उनले उत्तर कोरियाको उदाहरण दिँदै परमाणु हतियार भएकै कारण किम जोङ उनको देशमाथि अमेरिकाले आक्रमण गर्न नसकेको पनि बताएका छन् ।

न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूको आकलनमा इरानका नयाँ सर्वोच्च नेता आफ्ना पिता तथा पूर्वसर्वोच्च नेताभन्दा परमाणु हतियार विकास गर्ने पक्षमा बढी सकारात्मक छन्।

अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म इरानले आफ्नो परमाणु कार्यक्रम पुनः सुरू गरेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन।

तर गत वर्ष भएका अमेरिकी आक्रमण र हालको युद्धबीचको विरामका बेला इरानले आफ्ना परमाणु पूर्वाधार सुरक्षित राख्न केही कदम चालेको उनीहरूको भनाइ छ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले आफ्ना केही सेन्ट्रिफ्युज मेसिनहरू देशको मध्यभागमा रहेको अत्यन्त सुरक्षित भूमिगत परिसर ‘पिकएक्स माउन्टेन’मा सारेको छ।

यी मेसिनहरू युरेनियम सम्वर्द्धनका लागि प्रयोग गरिन्छन्। यसअघि वाल स्ट्रिट जर्नलले पनि इजरायली गुप्तचर निकायहरूले यी सेन्ट्रिफ्युजको स्थानान्तरणमाथि निगरानी गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो।

उता इरानले अमेरिका शान्त भएपछि जवाफी आक्रमण रोकेको बताएको छ। इरानले अमेरिकाले लगातार दुई रातसम्म कुनै आक्रमण नगरेपछि आफूले पनि खाडी मुलुकहरू तथा क्षेत्रमा रहेका अमेरिकी हितमाथिको जवाफी कारबाही स्थगित गरेको जनाएको छ।

एएफपीका अनुसार इरानी सेनाका प्रवक्ता मोहम्मद अकरामिनियाले भने, ‘हाम्रो रणनीति सधैं जवाफी कारबाहीमा आधारित रह्यो। अहिले हामीले पनि आफ्नो सैन्य जवाफी कारबाही रोकेका छौं।’

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : २३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर