तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि एक तेल ट्यांकरमा विस्फोट भएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार उक्त ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाडेर अर्को बाटोबाट गइरहेका बेला बारुदी सुरुङमा ठोक्किएको हो।
इरानले यसअघि पनि आफूले तोकेको समुद्री मार्गभन्दा बाहिर जाने जहाजले त्यसको परिणाम आफैं व्यहोर्नुपर्ने चेतावनी दिँदै आएको थियो।
यस घटनाबारे इरानी अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। विस्फोटबाट भएको क्षति वा मानवीय हताहतबारे पनि पुष्टि भएको छैन।












प्रतिक्रिया