लागूऔषधसहित दुईजना नियन्त्रणमा « Khabarhub

लागूऔषधसहित दुईजना नियन्त्रणमा


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं  प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रवक्ता मल्लले बताए । 

औषधि बिक्री वितरण कार्यमा संलग्न चितवनस्थित रत्ननगर नगरपालिका–६ का ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगञ्ज महानगरपालिका–२ का ३५ वर्षीय ओसिम ठाकुरलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ५४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया