नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित « Khabarhub

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आजदेखि आकस्मिक सेवा बन्द गभएको हो । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।

अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको भन्दै सेवा बन्द गरेका हुन् ।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राम गम्भीर घाइते भएका थिए। उनको सोही अस्पतालकै सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ ।

यसैबीच, नेपाल चिकित्सक सङ्घले आज विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ । सङ्घले मेडिकल अफिसर डा राममाथि शनिबार बेलुका ४०/५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै उक्त घटनाको भत्र्सना गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया