डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप « Khabarhub

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार म्याड्रिड वरपर र अन्य क्षेत्रमा फैलिएको डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा ‘अमूल्य’ क्षति पुर्याएको बताएको छ ।

जङ्गलमा करिब एक सातादेखि लागेको डढेलोका कारण म्याड्रिड क्षेत्र, आभिला, टोलेडो र भ्यालेन्सियाको पूर्वी क्षेत्र क्यास्टेलोनबाट करिब ७५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

अधिकारीहरूका अनुसार रातभरि आगो नियन्त्रणमा केही प्रगति भए पनि अझै कठिनाइ बाँकी छ।

“कतिपयले निकै दुःख भोगेका छन्, कतिपय चार दिनदेखि आफ्नो घरबाट टाढा छन्, कतिपयले धेरै सम्पत्ति गुमाएका छन्। सामूहिक रूपमा हामीले अमूल्य मात्रामा प्राकृतिक सम्पदा गुमाएका छौ,” राजा फिलीपले म्याड्रिडमा विस्थापितहरूका लागि बनाइएको आश्रयस्थलको भ्रमणका क्रममा पत्रकारहरूसँग भने ।

उनले सरकारले डढेलो नियन्त्रणका लागि निरन्तर प्रयास जारी राखेको आफूले जानकारी पाएको बताए।

–‘ज्यान बचाउनु’ उद्धारकर्मीका लागि प्रमुख प्राथमिकता–

स्पेनको राजधानी म्याड्रिडको पश्चिममा फैलिएको डढेलो निभाउने टोलीहरू ‘ज्यान बचाउन’ काम गरिरहेका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार बताएका थिए । उनले हावाको वेग बढ्ने पूर्वानुमानसँगै अगाडि डढेलोसँग ‘जटिल’ सङ्घर्ष हुने चेतावनी दिए ।

अधिकारीहरूले यसलाई क्षेत्रको इतिहासको सबैभन्दा भीषण डढेलो भनेका छन् ।

राजधानीको पश्चिममा बाक्लो खरानी रङ्गको धुवाँले आकाश छोपेको छ र जलिरहेको गन्ध म्याड्रिडको केन्द्रीय सडकसम्म पुगेको छ । यसले बासिन्दाहरूको घाँटीमा चिलाउने समस्या निम्त्याएको छ र उनीहरूलाई झ्याल बन्द राख्न बाध्य पारेको छ ।

“हाम्रो प्राथमिकता, हाम्रो सोच, नागरिकको ज्यान बचाउनु र बसोबास क्षेत्रहरू सुरक्षित राख्नु हो । हाम्रो लक्ष्य तपाईंहरूको ज्यान हो,” प्रधानमन्त्री सान्चेजले डढेलो क्षेत्रको सेनिसिएन्तोस गाउँमा पत्रकारहरूसँग भने ।

“हामीसँग अगाडि केही जटिल घण्टाहरू छन् किनकि तापक्रम घटेको भए पनि हावाको गति कसरी विकास हुनेछ, कति बलियो हुनेछ भन्ने हामीलाई ठ्याक्कै थाहा छैन।”
–––

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १० : १६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव