उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ « Khabarhub

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।

भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए ।

‘बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ’, उनले भने, ‘सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।’

उनका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग उच्च छ । भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँमा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अर्गानिक स्याउ किलोको १५० रुपैयाँमा पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएका हुन् ।

कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पु¥याउनु ठूलो चुनौती थियो । अहिले किसान र व्यापारीले सहज रुपमा स्याउ तराईका जिल्लामा पु¥याएर बिक्री वितरण गरेको उनले जानकारी दिए ।

प्रेमलालसँग वर्षौंअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो । ‘पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्दथयो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो’, उनले भने, ‘कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारमा आइपुग्छ ।’

कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् ।

जुम्ला गुठीचौर गाउँपालिका–४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताए । उनले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगञ्जको फलफूल बजारमा बिक्री गरेका छन् ।

कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिन सके कर्णालीको स्याउ नेपालभर बिक्री वितरण गर्न सकिने व्यवसायी न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित