रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह « Khabarhub

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले आज बिहान सवा ९ बजेतिर एक्कासि बाढी आएको जानकारी दिए ।

बाढीले टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको बुझिएको छ ।

उनले तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उल्लेख गर्दै भोटेकोशी नदीमा बाढी पानीको बहाब उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको जानकारी दिए ।

यता, जल तथा मौसम विज्ञान विभागले चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बिहान ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेको र यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको जानकारी दिए । यसले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ०६ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन