रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन « Khabarhub

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्।

बिहान करिब ९ बजे आएको भीषण बाढीले टिमुरे बजारका बस्ती तथा संरचना बगाउँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्‍याएको छैन। बीओपीमा कार्यरत कुल ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित रहेको बताइएको छ। बाँकी ९ जना ड्युटीमा खटिएको अवस्थामा सम्पर्कविहीन भएका हुन्।

यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ।

चीनतर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे बजार क्षेत्रमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीसँगै आएको लेदो र माटोले बजार क्षेत्रका घर, पसल तथा सवारीसाधन बगाएको बताइएको छ।

सम्पर्कविहीन सशस्त्र प्रहरीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको भए पनि घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी तथा प्रशासनले क्षतिको विवरण संकलन गरिरहेका छन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ३४ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन