भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति « Khabarhub

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ७ वटा निजी र ४ वटा सरकारी आयोजनामा क्षति पुर्‍याएको हो ।

क्षति पुगेकामध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका थिए भने ४ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका थिए । बाढीले क्षति पुर्‍याएपछि अहिले ३५४ मेगावाट विद्युत् उत्पादन बन्द हुन पुगेको छ ।

बाढीले रसुवा जिल्लाका माथिल्लो त्रिशूली–१, रसुवागढी जलविद्युत् आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, सान्जेन खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

त्यस्तै, बाढीले नुवाकोट जिल्लाका त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३बी, मिडल त्रिशूली गंगा र सरकारी स्वामित्व सोलार आयोजनामा क्षति पुर्‍याएको छ । 

जलविद्युत् आयोजनामा पुगेको क्षतिका कारण लामो समयसम्म निर्माण र विद्युत् उत्पादन बन्द हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ०१ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता