बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता « Khabarhub

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो क्षति भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार नेपाल–चीन सीमावर्ती क्षेत्रमा पहिरो गएर ठूलो क्षतिको आशंका गरिएको जनाएको छ।

पिपुल्स डेलीका अनुसार बुधबार बिहान दक्षिणपश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह नजिकै पहिरो गएको हो। पहिरोका कारण केही मानिस बेपत्ता भएको आशंका गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।

केरूङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोका कारण चिनियाँ क्षेत्रमा रहेको बन्दरगाहतर्फ जाने सडक अवरुद्ध भएको छ। यसका साथै सञ्चार तथा विद्युत् आपूर्तिसमेत प्रभावित भएको जनाइएको छ।

केरूङ बन्दरगाह चीन र नेपाललाई जोड्ने प्रमुख स्थलमार्ग नाका हो। नेपालतर्फ रसुवाको टिमुरेसँग जोडिएको यो नाका हुँदै दुई देशबीच ठूलो परिमाणमा व्यापारिक सामग्री ओसारपसार हुँदै आएको छ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले सिजाङको सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

पिपुल्स डेलीका अनुसार नेपालमा भएको पहिरोका कारण बुधबार बिहान गिरोङ सीमावर्ती बन्दरगाहमा मानवीय क्षति भएको र केही मानिस बेपत्ता भएको खबरपछि राष्ट्रपति सीले हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका हुन्।

सीले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिन, जोखिममा रहेका मानिसको खोजी तथा उद्धार गर्न र प्रभावित क्षेत्रको अवस्थाबारे आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ।

नेपालतर्फ भने तिब्बत क्षेत्रबाट आएको अचानकको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको वास्तविक कारणबारे नेपाल र चीनतर्फबाट थप अध्ययन भइरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ३१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित