हर्कको अपिल : विपद्‍मा सत्तापक्ष- प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ बनेर जुटौँ « Khabarhub

हर्कको अपिल : विपद्‍मा सत्तापक्ष- प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ बनेर जुटौँ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका छन् । 

उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्व सूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राखे । 

जमिन चिरा परेको र थप पहिरोको जोखिम हुन सक्ने भएकाले उद्धारमा खटिने टोली स्वयं पनि उच्च सतर्क र सजग हुनुपर्ने उनले सुझाव दिए । 

साथै उनले सामाजिक सञ्जाल र एआई निर्मित भ्रामक सामग्रीहरू आधिकारिक हुन नसक्ने भएकाले तथ्यपरक सूचनामा मात्र भर पर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ३ : १७ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित