प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की « Khabarhub

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । 

उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । 

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताए । 

अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । 

दिनभर सुरक्षामा खटिएको प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममै अभाव भएकामा भवन बनेपछि सहज भएको उनले बताए । 

जिल्ला प्रहरी कार्यालयमा नौ करोड ७१ लाख रुपैयाँको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएका छन् । 

नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताए । 

नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको उनले बताए । 

विसं २०७९ देखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ३ : ५९ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित