उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह « Khabarhub

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवाँ निकालेर सङ्केत गर्न अनुरोध गरेको छ ।

प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।

यसैबीच, प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको जनाएको छ ।

प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घलगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको हो । 

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढी प्रभावित जिल्लामा उद्धार कार्य जारी रहेको जानकारी दिइन् ।
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ३ : ५४ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित