अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट « Khabarhub

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा बनाइरहेका बेला विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमा भिसा अन्तर्वार्ताका लागि तोकिएका समय अस्थायी रूपमा रोकेको रोयटर्सले जनाएको छ । 

अमेरिकी विदेश मन्त्रालयले यो कदम भिसा अधिकारीहरूको विश्वव्यापी प्रशिक्षण कार्यक्रमसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले विश्वभरका अमेरिकी कूटनीतिक नियोगमा भिसा आवेदन मूल्याङ्कनसम्बन्धी व्यापक प्रशिक्षण सुरु गरिएको र त्यसलाई समायोजन गर्न भिसा सेवाका लागि तोकिने समय परिवर्तन गरिएको बताएका छन् । 

अन्तर्वार्ता पुनः कहिलेदेखि सुरु हुनेछ वा नयाँ समय कहिले तोकिनेछ भन्नेबारे विभागले कुनै समयसीमा दिएको छैन ।

यसअघि नै अन्तर्वार्ताको समय पाएका केही आवेदकलाई तोकिएको समय रद्द गरिएको र नयाँ मिति तथा समयबारे पछि जानकारी दिइने भन्दै इमेल पठाइएको फाइनान्सियल टाइम्सले जनाएको छ । 

यसबाट विशेषगरी अमेरिका बाहिरबाट भिसा प्रक्रिया पूरा गर्नुपर्ने आप्रवासी भिसा आवेदकमा थप अनिश्चितता देखिएको छ ।

विदेश मन्त्रालयका अनुसार प्रशिक्षणको उद्देश्य प्रत्येक भिसा आवेदकको अमेरिकी कानून तथा नियमअनुसार व्यापक र निरन्तर मूल्याङ्कन गर्न कन्सुलर अधिकारीलाई सक्षम बनाउनु हो । 

मन्त्रालयले आवेदक अमेरिकी सार्वजनिक सुविधामा निर्भर हुने सम्भावनालगायत पक्षको मूल्याङ्कनलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासन प्रवर्तनलाई तीव्र बनाउँदै भिसा तथा ग्रिन–कार्ड आवेदकको कडा छानबिन, निर्वासन अभियान र शरणार्थी प्रवेशसम्बन्धी नीतिमा कडाइ गरेको छ ।

प्रशासनले अवैध आप्रवासन नियन्त्रण र आन्तरिक सुरक्षा सुदृढीकरणलाई आफ्नो प्रमुख उद्देश्य बताउँदै आएको छ ।

गत वर्षदेखि आप्रवासी भिसा आवेदकले सामान्यतया आफ्नो नागरिकताको देशबाटै आवेदन प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । 

अमेरिकामा कानूनी रूपमा बसिरहेका तथा काम गरिरहेका वा अमेरिकी पति, पत्नी वा सन्तान भएका केही आवेदकसमेत यसबाट प्रभावित भएका छन् ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाएका थिए । 

त्यसपछि उहाँको प्रशासनले कानूनी आप्रवासनमाथिको छानबिन विस्तार गर्दै कडा भिसा परीक्षण, शुल्क वृद्धि तथा विदेशी कामदार र अन्य भिसा आवेदकमाथि विभिन्न प्रतिबन्ध लागू गरेको छ । 

केही आप्रवासनसम्बन्धी कारबाही राजनीतिक गतिविधि र प्यालेस्टाइन समर्थक सक्रियतासँग समेत जोडिएका छन् ।

प्रशासनका नीतिले भने मानव अधिकार समूहको आलोचना र कानूनी चुनौती सामना गरिरहेका छन् । 

आलोचकहरूले केही व्यवस्थाले भेदभावपूर्ण अभ्यास बढाएको तथा अभिव्यक्ति स्वतन्त्रता र उचित प्रक्रियाको अधिकार प्रभावित गरेको आरोप लगाएका छन् ।

यसैबीच, अगस्ट २१ मा एक अमेरिकी न्यायाधीशले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न निलम्बन गर्ने ट्रम्प प्रशासनको नीति खारेज गरेका थिए । 

उक्त नीति विदेशमन्त्री मार्को रुबियोको वैधानिक अधिकारभन्दा बाहिर रहेको न्यायाधीशले फैसला गरेका थिए । रासस
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ४ : १० बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार