काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’ « Khabarhub

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई नेपालको राष्ट्रिय जलवायु सप्ताहका रूपमा काठमाडौँमा ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ आयोजना गरिने भएको छ । 

यसको मुख्य उद्देश्य काठमाडौंलाई दक्षिण एसियामा जलवायु संवाद, सहकार्य र कार्ययोजनाको प्रमुख मञ्चका रूपमा स्थापित गर्नु रहेको छ ।

नेपालमा जलवायु कार्य तथा जलवायु-उत्तरदायी सुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाको सहकार्य र साझेदारीमा यो विशेष कार्यक्रम आयोजना गरिँदै छ । 

कार्यक्रमले नागरिक समाज, युवा सञ्जाल, विज्ञ, विकास साझेदार, स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो पहल विपद् पूर्वतयारी सञ्जाल–नेपाल समन्वयमा विभिन्न संस्थाहरूको गठबन्धनद्वारा अघि बढाइएको हो । 

काठमाडौं महानगरपालिकाको सहयोग र सह-आयोजनामा रहने यस पहलमा इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, राष्ट्रिय आदिवासी अपाङ्गता भएका महिला संघ नेपाल, हिमालयन कार्बन प्रा.लि., हिमालयन स्पेस सोलुसन्स लिमिटेड, बागमती युनेस्को क्लब, युथ फर इन्भाइरोन्मेन्ट एजुकेसन एन्ड डेभलपमेन्ट फाउन्डेसन, आइडियाज इन्टरनेसनल, दिगो विकासका लागि राष्ट्रिय अभियान नेपाल र मदन भण्डारी विश्वविद्यालय संलग्न रहेका छन् ।

आयोजकहरूले सम्भावित क्षेत्रीय साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालयको एसिया–प्रशान्त क्षेत्रीय कार्यालय, स्टकहोम इन्भायरोन्मेन्ट इन्स्टिच्युट एसिया सेन्टर, क्लाइमेट विक नेटवर्क, र बालबालिका तथा युवाहरूको प्रमुख समूह  लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूसँग पनि समन्वय अघि बढाएका छन् ।

‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ सचिवालयका मिडिया तथा प्रेस संयोजक विष्णु पाण्डेका अनुसार, यस सप्ताहले स्थानीय प्राथमिकतालाई राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी जलवायु एजेन्डासँग जोड्दै संवाद, साझेदारी, ज्ञान आदानप्रदान र व्यावहारिक जलवायु कार्यका लागि साझा मञ्च प्रदान गर्नेछ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ४ : ४० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ