बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’ « Khabarhub

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीका कारण ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सम्भव भएसम्म सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको जानकारी दिएका छन्।

‘नेपालमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग कुरा गर्दै समवेदना व्यक्त गरेँ। यस कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी तथा दाजुभाइको साथमा छन्,’ मोदीले लेखेका छन्।

उनले उद्धार तथा राहत कार्यमा भारतीय टोलीले नेपाल सरकारसँग नजिकबाट समन्वय गरिरहेको समेत बताएका छन्।

‘भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ। हाम्रा टोलीले उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन्,’ मोदीले उल्लेख गरेका छन्।

यता प्रधानमन्त्री वालेन्द्रका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले पनि भारतीय समकक्षीसँग टेलिफोन सम्पर्क भएको पुष्टि गरे । बिपद्मा आफूहरूले गर्ने सहयोग दिन तयार रहेको मोदीले बताएको उनले जानकारी दिए ।

यसअघि नेपालस्थित भारतीय दूतावासले पनि बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार तथा राहतका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको थियो।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ५ : ३९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी