नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने « Khabarhub

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ‘हेल्प डेस्क’ तथा राहत कोष स्थापना गर्ने भएको छ ।

नाट्टाका अध्यक्ष भरतजङ्ग पाण्डेको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीका कारण पुगेको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ‘हेल्प डेस्क’ तथा राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले बाढी प्रभावित नागरिक तथा पर्यटकको तत्काल उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार तथा सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गर्ने, ‘नाट्टा विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गरी आर्थिक सहयोग तथा अत्यावश्यक राहत सामग्री सङ्कलन गर्ने निर्णय गरेको छ ।

यस्तै, उद्धार कार्यलाई तीव्रता दिन नाट्टाका सदस्य संस्थाहरू मातहत रहेका पर्यटक बस, जीप तथा अन्य सवारीसाधन आवश्यकताअनुसार परिचालन गरिने, बाढीका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकको सहायताका लागि ‘२४ घण्टे पर्यटक सहायता आकस्मिक कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको नाट्टाका महासचिव राजकुमार देवकोटाले जानकारी दिए ।

यसैगरी, सम्पूर्ण राहत तथा उद्धार कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नाट्टाको नेतृत्वमा एक ‘विपद् राहत तथा समन्वय समिति’ गठन गर्ने निर्णय भएको छ ।

नाट्टाले पर्यटन व्यवसायी, सामाजिक सङ्घसंस्था र आम नागरिकलाई राहत अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ । 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ६ : ३० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन