चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी कटान हुने र डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

निकुञ्जले आफ्ना कर्मचारी, मध्यवर्ती उपभोक्ता समूह तथा समिति, मध्यवर्ती सामुदायिक वन, चोरीशिकार नियन्त्रण गर्ने युवादस्ता, स्थानीय समुदाय तथा निकुञ्ज र मध्यवर्ती क्षेत्र घुम्न आउने पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र आवतजावत गर्न तथा आवश्यक सतर्कता र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ ।
 
निकुञ्ज प्रशासनले प्रतिकूल मौसमका बेला नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को पूर्वतयारीका साथ सुरक्षित रहन विशेष अपिल गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : १७ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु