एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने « Khabarhub

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गर्ने भएका छन् । यसअघि आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना दिँदै नेपाली क्रिकेट अमर रहोस् भनेका थिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज अपराह्न ५ बजे एनपीएल सुरु हुँदैछ । उद्घाटन खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम क्रमशः साविक विजेता र उपविजेता हुन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

यसैगरी, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

यस्तै, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

करिब एक महिनासम्म चल्ने प्रतियोगिताको विजेताले एक करोड ५० लाख र उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ९ : १७ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार