सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार « Khabarhub

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाँटीमा चोट लगेको भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । घटनालगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  २ : २१ बजे

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश