लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने « Khabarhub

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

यी दुई टिम गत सिजनतका फाइनल प्रतिस्पर्धी हुन् । अघिल्लो फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको थियो ।

हेड टू हेडमा को बलियो ?

एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम र लुम्बिनी तीन पटक भिडेका छन् ।

तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।

अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।

लगातार पाँच खेलमा लुम्बिनी अपराजित

पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी

सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।

अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो ।

त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमको टिम

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

त्यसैगरी, सुदूरपश्चिममा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

लुम्बिनीको टिम

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

सुरक्षा चुस्त

एनपीएलका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । एनपीएलको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

आठ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनलगायत विश्वका चर्चित अनुहार सहभागी हुने भएकाले यो प्रतियोगितामा क्रिकेटप्रेमीको चासो छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : ३८ बजे

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित