काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन समारोहमा सहभागी हुन कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् ।
एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । एनपीएलको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।
आठ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनलगायत विश्वका चर्चित अनुहार सहभागी हुने भएकाले यो प्रतियोगितामा क्रिकेटप्रेमीको चासो छ ।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।

















प्रतिक्रिया