लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ? « Khabarhub

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको लुम्बिनी लायन्सले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीलाई समावेश गरेको छ।

सुदूरपश्चिमको प्लेइङ ११ मा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलेइन जस्ता विदेशी खेलाडी रहेका छन्। त्यस्तै नेपाली खेलाडीमा विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा समेटिएका छन्।

लुम्बिनी लायन्सले आफ्ना चार प्रमुख विदेशी खेलाडीसहित बलियो सेट उतारेको छ। लुम्बिनीको प्लेइङ ११ मा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलङ्काका विकेटकिपर निरोशन डिकवेला, बङ्गलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक रहेका छन्।

टोलीमा आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी समावेश छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : ५१ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ