सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित « Khabarhub

एनपीएल

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, डार्सी सर्टले १८ बलमा ४० रनको विष्फोटक पारी खेले । यस क्रममा चार चौका र तीन छक्का प्रहार गरे ।

सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खे‍लमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै जोड्न सक्यो ।

यसअनुसार सुदूरपश्चिमको यो स्कोर अघिल्लो सिजनको फाइनलमा बनाएको भन्दा केबल दुई रन बढी हो । अघिल्लो सिजनको फाइनलमा टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । उक्त खेल लुम्बिनीले ६ विकेटले जितेको थियो ।

जारी खेलमा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, अनिल खरेलले २७ बलमा १५ रन बनाए । ओपनर ब्याटर सैफ जैबले १४ बलमा १३ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । यसबाहेक सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । शाडले भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।

अब सुदूरपश्चिमले आगामी बुधबार पोखरा एभेन्जर्सको सामना गर्नेछ । त्यसैगरी, लुम्बिनीले आगामी शनिबार चितवन राइनोजको सामना गर्नेछ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

त्यसैगरी, सुदूरपश्चिममा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ७ : ४० बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला