सुर्खेत– कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ८ विधाका खेल हुँदैछन् ।
आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुनेछन् ।
जारी खेल तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला, पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदान, पुरुष फुटबल सुर्खेतस्थित मुख्य रंगशाला र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा हुनेछन् ।
यस्तै, पौडी नेपालगञ्जमा हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ । यसैगरी, बक्सिङ प्रतियोगिता सुर्खेतको मुख्य कभर्डहलमा र जिम्न्यास्टिक सुर्खेतको मिनी कभर्डहलमा हुनेछ ।














प्रतिक्रिया