बाह्र हजार क्विन्टल धान खरिद गरिँदै « Khabarhub

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले उक्त निर्णय गरेको हो । यस वर्ष झापाबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिने छ । सोना मन्सुली (मध्यम) धान आठ हजार क्विन्टल र रञ्जित मन्सुली धान चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य छ ।

दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६० निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिनेछ ।

स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र कृषकलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । धान खरिदबिक्री गर्ने कार्यमा स्वस्फूर्त सहभागिता जनाउन प्रजिअ पोखरेलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ११ : ०२ बजे

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

काठमाडौँ– सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

झापा– झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया

सवारी दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तु र चराचुरुङ्गी (तस्बिर)

चितवन– एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको