दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान « Khabarhub

दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रूख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रूखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रूख कटानको काम भइरहेको छ । 

चितवनको भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन र भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी तथा सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ रूख कटान गरिनेछ ।

मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लामा कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको थियो । 

त्यसमध्ये चितवनमा २५ दशमलव २७ हेक्टर र तनहुँमा ६७ दशमलव ४६ हेक्टर वन क्षेत्र छ । उक्त क्षेत्रमा रहेका कुल नौ हजार १२७ वटा रुख हटाउन सरकारले स्वीकृति दिएको थियो ।

आयोजनाको प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न तथा रूख कटान गर्न आवश्यक सरकारी स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वन क्षेत्रभित्र प्रसारण लाइनका टावर निर्माण तथा तार तान्ने कामका लागि आवश्यक स्थान व्यवस्थापन गर्न रूख कटान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।
 
प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।

आयोजना प्रमुख भण्डारीका अनुसार हालसम्म ९४ वटा टावरमध्ये ८३ वटाको जग हाल्ने काम सम्पन्न भएको छ । त्यस्तै ८१ वटा टावर जडान भइसकेका छन् । प्रसारण लाइनको कुल ३४ दशमलव ७० किलोमिटर लम्बाइमध्ये हालसम्म दुई दशमलव दुई  किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ ।

टावरको जग निर्माण र जडानको काम उल्लेख्य रूपमा अघि बढे पनि रूख कटान तथा वन क्षेत्र व्यवस्थापनसँगै तार तान्ने कामलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ । प्रसारण लाइन निर्माणको समग्र भौतिक प्रगति भने ८३ दशमलव पाँच प्रतिशत पुगेको भण्डारीले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली–भरतपुर प्रसारण लाइन महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ । कूल १४० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक संरचनामध्ये यो प्रसारण लाइन महत्वपूर्ण हिस्सा हो । 
 

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : २७ बजे

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष

धमेन्द्र नेतृत्वको नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक

दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको