काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ ।
बजार परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १७९ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटाको बढेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
समूहगत परिसूचकतर्फ लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ । लगानी समूहको सूचक ०.७२ प्रतिशतले बढ्दा व्यापार समूहमा सबैभन्दा धेरै १.५२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै बैंकिङ समूह ०.९३, होटल तथा पर्यटन ०.६२, निर्जीवन बीमा ०.४२, फाइनान्स ०.४१, विकास बैंक ०.४८, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, अन्य ०.१३ र जलविद्युत् समूह ०.०९ प्रतिशतले घटेका छन् ।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक ८.६६ अंकले बढेको थियो । तर बिहीबार बजारले पुनः ओरालो यात्रा समातेको छ ।














प्रतिक्रिया