काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु « Khabarhub

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पहिलो पटक साताव्यापी ‘मलेसियन फुड फेस्टिभल : अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गरिएको छ । काठमाडौँस्थित मलेसियाली राजदूतावासको संयुक्त आयोजनामा क्राउन इम्पेरियल होटलमा सुरु भएको यो महोत्सव मङ्सिर १० देखि १६ गते (नोभेम्बर २६ देखि डिसेम्बर २, २०२६) सम्म सञ्चालन हुनेछ ।

जोम नेपाल प्रालि, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेज र एजुकेसन मलेसिया ग्लोबल एजुकेसनको सहकार्यमा आयोजित यस महोत्सवमा मलेसियाबाटै आएका अनुभवी सेफहरूले परम्परागत शैली र मौलिक स्वादका विभिन्न परिकारहरू तयार पारेका छन् । मलय, चिनियाँ, भारतीय तथा विभिन्न आदिवासी समुदायको मिश्रित संस्कृति रहेको मलेसियाको विशिष्ट खानपान, सुगन्ध र मसलाको स्वाद नेपाली पारखीहरूलाई चखाउनु महोत्सवको मुख्य उद्देश्य रहेको राजदूतावासले जनाएको छ ।

खानपानको प्रवर्द्धनसँगै यो महोत्सवले नेपाल र मलेसियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास लिइएको छ । खाना र सांस्कृतिक आदानप्रदानका माध्यमबाट दुवै देशका नागरिकबीचको आपसी समझदारी र जनस्तरको सम्बन्ध विस्तार हुने अपेक्षा दूतावासको छ ।

यसै मैत्रीपूर्ण सम्बन्धको उत्सवका रूपमा दूतावासले मङ्सिर १२ गते बिहान ८ बजे ललितपुरको कुपण्डोलस्थित पीसीपीएस कलेजबाट ‘भिजिट मलेसिया इयर २०२६ वाकाथन’ को समेत आयोजना गर्दैछ । वाकाथनपश्चात् इन्टरनेसनल क्लबमा ‘माया मलेसिया २०२६’ कार्यक्रम आयोजना हुनेछ, जहाँ सहभागीहरूले स्वस्थ जीवनशैली, खानपान र संस्कृतिका साथै मलेसियाका पर्यटकीय गन्तव्य र उच्च शिक्षाका अवसरहरूबारे जानकारी लिन सक्नेछन् ।

राजदूतावासले सर्वसाधारण, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा मलेसियाका शुभेच्छुकहरूलाई यी कार्यक्रमहरूमा सहभागी भई मलेसियाली आतिथ्य, कला र स्वादको अनुभव लिन हार्दिक निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ०८ बजे

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका बलर नन्दन यादवले आफ्नो जुत्तालाई

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग

थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

बैङ्कक-  थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो

रास्वपाको ‘हामी सुन्छौं’ कार्यक्रममा नागरिकका गुनासो, रुस-युक्रेन द्वन्द्वमा फसेकाको उद्धार गर्न माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियमित संवाद कार्यक्रम

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले