बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।
बुढीगङ्गा नगरपालिका–१० सिगाडाकी ५५ वर्षीया खन्टी साउद र ३५ वर्षीया वसु साउद बाघको आक्रमणबाट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार बुधबार बिहान करिब ९ बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा उनीहरूमाथि बाघले आक्रमण गरेको थियो ।
आक्रमणबाट दुवै महिलाको हात र खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी दुवैलाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ ।














प्रतिक्रिया