मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ? « Khabarhub

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार (मंसिर १०, २०८३) जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।

२०८३ जेठ २६ गतेको तुलनामा सोविता गौतमको मर्यादाक्रम चार स्थान माथि पुगेकी छन् भने शिशिर खनाल, विराज भक्त श्रेष्ठ र सुधन गुरुङ एक–एक स्थान तल झरेका छन्।

सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्। उनी तेस्रो स्थानमा आएपछि अघिल्लो सूचीमा तेस्रो रहेका शिशिर खनाल चौथो, चौथो रहेका विराज भक्त श्रेष्ठ पाँचौँ र पाँचौँ रहेका सुधन गुरुङ छैटौँ स्थानमा झरेका छन्।

त्यसैगरी, अघिल्लो सूचीमा छैटौँ स्थानमा रहेका सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन् भने आठौँ स्थानमा रहेका महावीर पुन यथावत् छन्। अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ३१ बजे

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै

पत्रकार राजेन्द्र विष्टको निधन

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ?

ठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम