बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल « Khabarhub

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले पुरिएपछि नदीलाई पुरानै धारमा फर्काउने तयारी गरिएको छ।

अविरल वर्षापछि लमजुङ हिमालको फेदीबाट आएको गेग्रानसहितको बाढीले मर्स्याङ्दी नदीको धार परिवर्तन गर्दा पुलमाथिबाटै नदी बग्न थालेको थियो। पुललाई पुनः सञ्चालनमा ल्याउन नदीको बहाव पुरानै धारमा फर्काउने योजना अघि सारिएको हो।

यसका लागि प्राविधिक टोलीमार्फत अध्ययन गरिने प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार पर्यटकीय क्षेत्र भएकाले आवागमन सहज बनाउन स्थानीय पालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी योजना अघि बढाइनेछ।

नदी व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ४० लाख र स्थानीय तहबाट १० लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।

बाढीले थुपारेको गिट्टी, बालुवा तथा ढुङ्गा ठेक्कामार्फत बिक्री गरेर प्राप्त हुने रकम नदी व्यवस्थापनमा लगानी गरिने उनले जानकारी दिए।

नदीबाट कति परिमाणमा नदीजन्य पदार्थ निकाल्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ। अध्ययनपछि ठेक्का आह्वान गरी कामलाई तीव्रता दिइने अध्यक्ष घलेले बताए।

उनका अनुसार पुल पक्की भएकाले संरचनामा क्षति पुगेको छैन। नदीको बहाव पुरानै धारमा फर्काउन सके पुल पुनः प्रयोगमा ल्याउन सहज हुनेछ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : २१ बजे

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश