३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई ? « Khabarhub

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब तीन दशकपछि फेरि एउटै पर्दामा देखिने भएका छन्। फिल्म ‘सन्तान’पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’मार्फत हुन लागेको हो।

लामो समयपछि हुन लागेको यो सहकार्यले फिल्मप्रति दर्शकको चासो बढाएको छ। आखिर तीन दशकपछि भुवन र अर्जुनजंगलाई एउटै कथामा जोड्ने विषय के होला? प्रेमकथा झल्काउने फिल्मको शीर्षकले पनि उनीहरूको भूमिका र कथाबारे उत्सुकता जगाएको छ।

सन्तोष अधिकारी फिल्म्सको प्रस्तुति तथा एसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको सहकार्यमा बन्न लागेको फिल्मको निर्देशन घनश्याम लामिछानेले गर्दैछन्। पटकथा मनिष गौतमले लेखेका हुन्।

फिल्ममा भुवन र अर्जुनजंगसँगै जितु, सन्तोष अधिकारी, रिहान गिरी र प्रतिमा थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघि ‘चित्रा’ निर्माण गरेको सन्तोष अधिकारी फिल्म्सले नयाँ फिल्मलाई विशेष महत्त्वका साथ अघि बढाइरहेको छ।

नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्मको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ। निर्देशक लामिछानेका अनुसार छायांकन अंग्रेजी नयाँ वर्षदेखि सुरु गर्ने तयारी छ।

गत वैशाखमा निर्माण घोषणा गरिएको ‘तिमी मेरो म तिम्रो’ले तीन दशकपछि हुन लागेको दुई कलाकारको पुनर्मिलनलाई आफ्नो विशेष आकर्षण बनाएको छ। अब फिल्मको कथाले उनीहरूलाई कसरी जोड्छ र पर्दामा कस्तो सम्बन्ध देखाउँछ भन्ने कुरा दर्शकका लागि प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ३२ बजे

पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङमा रमाउँदै

गण्डकी– हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल,

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश