उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ? « Khabarhub

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश निकाला गरेको छ । स्विट्जरल्याण्डले प्योङयाङमा आफ्नो कार्यालय पुनः सञ्चालनमा ल्याउन स्विस विदेशमन्त्रीले सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेको केही सातामै उत्तर कोरियाले यस्तो कदम चालेको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयका अनुसार स्विट्जरल्याण्डले सङ्डोवन इन्टरनेसनल चिल्ड्रेन्स क्याम्पमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको जवाफमा कूटनीतिक प्रतिनिधिलाई निष्कासन गरिएको हो । सरकारी समाचार संस्था केसीएनएका अनुसार मन्त्रालयले स्विस कूटनीतिक कार्यालयका प्रमुख सिल्भेन एस्टियरलाई बोलाएर कार्यालय बन्द गर्न र ४८ घण्टाभित्र देश छाड्न निर्देशनसहितको पत्र थमाएको छ । आफ्नो सार्वभौमसत्ता र नागरिकको हितविपरीत हुने कुनै पनि कार्य स्वीकार्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि मंगलबार उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा शीर्ष विदेश नीति अधिकारी किम यो जोङले उक्त प्रतिबन्धलाई ‘खुला शत्रुतापूर्ण व्यवहार’ र उत्तर कोरियाको सार्वभौमसत्तामाथिको हस्तक्षेपको संज्ञा दिएकी थिइन् । उनले उक्त बाल शिविरले रुस र उत्तर कोरियाबीचको वैधानिक सहकार्यलाई प्रवर्द्धन गरेको दाबी गरे पनि रुसी सेनाले अपहरण गरेका युक्रेनी बालबालिकालाई त्यहाँ लगेर ‘पुनः शिक्षा’ दिइएको भन्ने पश्चिमा आरोपबारे भने सीधा जवाफ दिइनन् ।

उता, स्विट्जरल्याण्डको विदेश मन्त्रालयले उत्तर कोरियाको निर्णयप्रति दुःख व्यक्त गर्दै आफ्ना कूटनीतिज्ञ एस्टियरलाई चीनको बेइजिङस्थित दूतावासमा फिर्ता बोलाउने प्रक्रिया सुरु गरिएको जनाएको छ । कार्यालय बन्द भए पनि प्योङयाङसँगको कूटनीतिक सम्बन्ध नटुट्ने र बेइजिङस्थित स्विस दूतावास तथा बर्नस्थित उत्तर कोरियाली दूतावासमार्फत संवाद जारी रहने स्विट्जरल्याण्डले स्पष्ट पारेको छ । गत महिनामात्रै स्विस विदेशमन्त्री इग्नाजियो क्यासिसले प्योङयाङ भ्रमण गरी उत्तर कोरियाली समकक्षी चोए सोन हुईसँग सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका थिए ।

विवादको मुख्य केन्द्रमा रहेको सङ्डोवन बाल शिविरमाथि रुसले कब्जा गरेका युक्रेनी क्षेत्रका बालबालिकालाई राखेर रुस समर्थित विचारधारा लाद्ने प्रयास गरेको आरोप लाग्दै आएको छ । यही आरोपमा स्विट्जरल्याण्डले मंगलबार उक्त शिविरलाई प्रतिबन्धको सूचीमा राखेको थियो । यसअघि बेलायतले गत मे महिनामा र युरोपेली संघले सेप्टेम्बरमा सोही शिविरको सम्पत्ति रोक्का गर्दै आर्थिक कारोबारमा प्रतिबन्ध लगाएका थिए । रुसको निकट सहयोगी मानिने उत्तर कोरियाले युक्रेन युद्धमा मस्कोलाई सघाउन हजारौं सैनिक र हतियारसमेत पठाउँदै आएको छ ।

सन् १९७४ देखि उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध कायम राखेको स्विट्जरल्याण्ड प्योङयाङसँग सम्बन्ध राख्ने थोरै पश्चिमा मुलुकमध्ये एक हो । सन् १९९० को दशकमा उत्तर कोरियाली नेता किम जोङ उन र उनकी बहिनी किम यो जोङले स्विट्जरल्याण्डमै विद्यालय शिक्षा लिएको बताइन्छ । मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न सन् १९९७ मा प्योङयाङमा खोलिएको स्विस सहयोग कार्यालय सन् २०२० मा कोभिड–१९ महामारीका कारण उत्तर कोरियाले सिमाना बन्द गरेपछि बन्द भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ३४ बजे

पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङमा रमाउँदै

गण्डकी– हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल,

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश