काठमाडौं– नेपाली फिल्म ‘एक्का ३–च्याप्टर वान’ले शुभमुहूर्तसँगै आफ्नो निर्माण यात्रा सुरु गरेको छ। ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार फिल्मको शुभमुहूर्त गरिएको हो । अब फिल्मको छायांकन मंसिर २५ गतेदेखि सुरु हुने निर्देशक रूपेश तामाङले बताएका छन् ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा देखिनेछन् । यसै फिल्मबाट आयशा तामाङले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने भएकी छन्। शुभमुहूर्त कार्यक्रममा पूजा शर्मा र कविता नेपाली उपस्थित थिए ।
फिल्ममा मुख्य कलाकारसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायत कलाकारको पनि अभिनय रहनेछ ।
रूपेश तामाङको निर्देशनमा बन्ने फिल्मका निर्माता रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ हुन् भने राजु श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् ।
सम्पादन तथा ट्रेलरको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु किरत र निर्माण व्यवस्थापन रबिन बानियाँले गर्नेछन् । त्यस्तै, कथा तथा पटकथा सुमन गजमेरको रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत रहनेछ ।














प्रतिक्रिया