अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि कृषि भण्डारलाई दुई लाख जरिवाना « Khabarhub

अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि कृषि भण्डारलाई दुई लाख जरिवाना


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रशासनले गरेको आकस्मिक अनुगमनका क्रममा भण्डारमा मलको मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण सञ्चालकले देखाउन नसकेपछि जरिवाना गरिएको हो ।

भण्डारले १७० बोरा युरिया र २३० बोरा डिएपी खरिद गरेको थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डिएपी मात्रै भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डिएपीको हिसाब नदेखाएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ६ : १० बजे

चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक

एजेन्सी – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर

मुग्लिन-मलेखु सडक विस्तारको काम सुस्त

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको

कौडाले छुट्याउने प्रेम, अहंकारले थिच्ने महिला : ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं– प्रेममा बाधा आउनु स्वाभाविक हो, तर जब प्रेमको बाटोमा

पूजा शर्मा र सुशील श्रेष्ठको ‘एक्का ३-च्याप्टर वान’ सुरु

काठमाडौं– नेपाली फिल्म ‘एक्का ३–च्याप्टर वान’ले शुभमुहूर्तसँगै आफ्नो निर्माण यात्रा

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

बेइजिङ- चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने