काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ओभिएडोविरुद्ध ३-० को सानदार जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि खेलको ५२ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका हुन् । दोस्रो गोल खेलको ५७ औं मिनेटमा राफिन्हाले गरे भने अन्तिम गोल ७३ औं मिनेटमा लामिन यामलले गरे ।
यो जितसँग्ै बार्सिलोनाले ५२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ ।













प्रतिक्रिया