मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती « Khabarhub

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

महिला टी–२० विश्वकप ग्लोबल छनोट


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै १४१ रनको चुनौती दिएको हो। पूरै २० ओभर खेल्दै स्कटल्यान्डले सबै विकेट गुमाएर १४० रन बनाएको हो ।

स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४२ रन बनाइन् । अन्य ब्याट्सम्यानले भने उल्लेख्या रन जोड्न सकेनन् ।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि मनिषा उपाध्यायले चार विकेट हात पारिन् । चार ओभर बलिङ गर्दा १७ रन खर्चिएर उनले चार विकेट हात पारेकी हुन् । रुबिना क्षेत्रीले २३ रन खर्चिएर तीन विकेट हात पार्दा रिया शर्मा, कविता जोशी र सीता रानामगरले एकएक विकेट हात पारे ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो । नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छ्न् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ३७ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

काठमाडौं– बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय

फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित

काठमाडौं – यही माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्महरुमा