पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त « Khabarhub

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् ।

नवनियुक्त डिन प्रा.डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय रहँदै आएका छन् । उनी प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् ।

डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उनले चीनको पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका छन् ।

जोर्नी प्रत्यारोपण तथा काँधसम्बन्धी शल्यक्रियामा विशेष दक्षता राख्ने डा. प्रधानलाई अनुभवी चिकित्सक र शिक्षकका रूपमा चिनिन्छ । स्कुल अफ मेडिसिनको नेतृत्वमा उनको नियुक्तिले शिक्षा, सेवा र अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ५६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका