पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त « Khabarhub

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् ।

नवनियुक्त डिन प्रा.डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय रहँदै आएका छन् । उनी प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् ।

डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उनले चीनको पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका छन् ।

जोर्नी प्रत्यारोपण तथा काँधसम्बन्धी शल्यक्रियामा विशेष दक्षता राख्ने डा. प्रधानलाई अनुभवी चिकित्सक र शिक्षकका रूपमा चिनिन्छ । स्कुल अफ मेडिसिनको नेतृत्वमा उनको नियुक्तिले शिक्षा, सेवा र अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ५६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म