काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले रुचाएकाले त्यसैलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरू यथावत् उपलब्ध छन् ।
टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरू समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि यथावत् राखिएको टेलिकमले जनाएको छ ।
टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज मिति माघ ११ गतेदेखि उपलब्ध छ र आगामी ९० दिनसम्म उपलब्ध हुनेछ ।













प्रतिक्रिया