निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ? « Khabarhub

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

शैक्षिक योग्यतादेखि वैवाहिक अवस्थासमेत भेटिँदैन



निर्वाचन आयोगले माघ ९ गते प्रत्यक्षतर्फका ३ हजार ४ सय ६ जना उम्मेदवारको वैयक्तिक विवरण प्रकाशन गर्‍यो । डिजिटल युगका मतदाताका लागि आयोगको वेबसाइटमा सार्वजनिक सूचीबाटै तत्काल उम्मेदवारको योग्यता जान्न सकिने भनिएको थियो ।

त्यही वेबसाइटमा राखिएका सूचीका कारण जनस्तरबाट उम्मेदवारका योग्यताबारे चर्चा परिचर्चा भइरहेको छ । मतदाताले उम्मेदवारको योग्यताबारे सामाजिक सञ्जालबाटै प्रश्नसमेत गरिरहेका छन् ।

तर यो अवसर सबै क्षेत्रका मतदाताका लागि जुरेको छैन् । आयोगले उपलब्ध गराएको डिजिटल सूचीमा कयौँ उम्मेदवारको विवरण छुटेको छ । एकदुई जनाको विवरण छुट्नु सामान्य हो तर आयोगको यो सूची भद्रगोल नै छ ।

त्यसलाई उम्मेदवार वा आयोगको मानवीय त्रुटि मान्न सकिएला । तर के पूरै जिल्लाका उम्मेदवारको योग्यता विवरण पुष्टि नगर्नुलाई सामान्य मान्न सकिएला ? हो, त्यस्तै त्रुटि देखिएको छ, आयोगले प्रमाणिकरण गरेको इलामका उम्मेदवारको सूचीमा ।

देशभरका अधिकांश मतदाताले त्यही सूचीबाट आफ्ना उम्मेदवारको योग्यता जाँचिरहँदा इलामका मतदाता त्यो अवसरबाट बञ्चित छन् । आयोगको वेबसाइटमा रहेको उम्मेदवारको सूचीमा इलामका कुनै उम्मेदवारको शैक्षिक योग्यता र अनुभव खुलाइएको छैन ।

इलाममा पहिलो संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङ पुत्र तथा निर्वतमान सासंद सुहाङ दोस्रो पटक प्रत्यक्ष प्रतिस्पर्धामा होमिएका छन् । इलाम मात्रै नभएर अन्य ठाउँका मतदातालाई पनि उनको पूरा वैयक्तिक विवरण जान्ने कौतुहलता होला । तर इलाममा झन उनीसहित कुनै उम्मेदवारको शैक्षिक योग्यता र अनुभवलाई प्राथमिकता दिइएको छैन ।



इलामको मात्र होइन्, चार पटकसम्म प्रधानमन्त्री तथा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको विवरण पनि अपूरो छ । पुरानै क्षेत्र झापा–५ का प्रतिस्पर्धी उनले शैक्षिक योग्ताबारे बारम्बार प्रतिवाद गरिरहनुपर्छ, तर पनि उनको प्रोफाइलमा पूरा विवरण छैन ।

उनले २०७९ को निर्वाचनमा आफ्नो शैक्षिक योग्यता एसएलसी उल्लेख गरेको पाइएको छ । तर यसपटक परिचयात्मक विवरणमा न त शैक्षिक योग्यता छ न अनुभव नै । उनलाई चुनौती दिन पुगेका रास्वपा वरिष्ठ नेता बालेन्द्र साहको विवरणमा पनि पूरा सूचना छैन ।

यस्तै सर्लाही–४ मा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको परिचयात्मक विवरण पनि अपूरै छ ।
प्रतिनिधिसभाको दौडमा रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पूरा परिचयात्मक विवरण भरेका छन् । उनी सुनसरी –१ का उम्मेदवार हुन् ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् रुकुमपूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले पनि अध्ययनसहित पूरा विवरण उल्लेख गरेका छन् । आयोगको विवरणमा नयाँदेखि पुराना दलका सबै उम्मेदवारको अधिकांश परिचयात्मक विवरण अपूरो देखिन्छ ।

दलका नेताहरूले चुनावी क्षेत्र बदल्दै गर्दा मतदाताले भोट हाल्ने एक मापक वैयक्तिक परिचय प्रष्ट उल्लेख गर्नुपर्ने जानकार बताउँछन् ।



‘निर्वाचन आयोग भनेको डम्पिङ साइट हो र ? जसले जे ल्याएर फाल्यो, त्यही स्वीकार्ने भए आयोगले किन यो व्यवस्था गरेको ? आयोगले एउटा प्रणाली बनाएर तोकिएको सूचना नभरे विवरण पेश नै नहुने मापदण्ड राख्नुपर्ने होइन र ?’ समाजशास्त्री दीपेश घिमिरे प्रश्न गर्छन् ।

अहिलेका मतदातामध्ये सूचना प्रविधिमा भिजेकाको संख्या ठूलो छ । उनीहले आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारको विगतका अनुभव, शैक्षिक अवस्था र उसले समाजमा गर्न सक्ने परिवर्तनको आधार वैयक्तिक सूचनाबाट पनि बन्ने हो । यसलाई निर्वाचन साक्षरताका रुपमा लिन सकिन्छ ।

मतदाताले उम्मेदवार छान्ने आधार चुनावी अभियान, घोषणापत्र र सार्वजनिक छवि पनि हो । अर्को अधार वैयक्तिक विवरण पनि हो । त्यही उद्देश्यका लागि यो व्यवस्था गरिएको हो । त्यसले उनीहरूलाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने घिमिरे बताउँछन् ।

‘यसरी पारिवारिक, शैक्षिक योग्यता र शैक्षिक संस्थाबारे सूचना नराख्नुको कारण भोलि गएर त्यसले सम्पत्ति शुद्धिकरण र व्यक्तिगत चरित्रमाथि पनि मुद्दा आकर्षित हुनसक्न कयौं समस्या ल्याउन सक्छ भन्ने हो, जसले गर्दा उम्मेदवारले वैयक्तिक विवरण संवेदनशील भएर नभरेको हुनसक्छ’, उनी थप्छन्, ‘यसरी अपूरो विवरण प्रमाणीकरण गर्दा ध्यान नदिनु आयोगको कमजोरी हो । यसले मतदातामा पनि द्विविधा सिर्जना गर्छ ।’



‘अहिले निकै चर्चामा रहेका भनिएकाहरूको विवरणमा मतदाताको चासो छ । तर निष्ठापूर्वक निर्वाचनमा उत्रिएको भन्नेले विवरण लुकाउनुको कारण के हो ? जवाफ कसले दिने ?’, उनी आयोगलाई प्रश्न गर्छन् ।

उम्मेदवारलाई जिम्मेवार बनाउन देख्दा सामान्य भए पनि ठूलो अर्थ राख्ने विषयमा आयोगले ध्यान नपु¥याएको उनी बताउँछन् ।
यसबारे खबरहबले आयोगलाई प्रश्न गर्दा प्रवक्ता नारायणप्रसाद भट्टराई यस कुराले सचेत गराएको बताउँछन । उनले यसबारे भएको कमजोरी स्वीकारेका छन् ।

‘त्यो काम त्यही क्षेत्रमा खटिएका कार्यालयलाई सुम्पिएका छौँ । हतारमा उम्मेदवारी दर्ता गर्नुपर्दा समस्या निम्तियो होला,’ उनी थप्छन्, ‘सचेत गराएर जिम्मेवारी थप गरिदिनुभएको छ सम्भव भएसम्म सच्याउनेछौँ ।’

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ०२ बजे

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति