१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ।

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो।

गएराति भएको खेलमा पिएसजीविरुद्ध मोनाकोले खेलको ४५ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। उसका लागि म्याग्रेस अक्लिउचेले गोल गरेका थिए। खेलको ५८ मिनेटमा मोनाकोका मामाडोउ कौलिबाजल्ले रातोकार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।

त्यसको फाइदा उठाउँदै पिएसजीले खेलको ६० र ६६ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको हो। उसका लागि मार्किन्हो र खिभिचा क्वारात्खेलियाले गोल गरे।

खेलको अन्तिम समयमा मोनाकोका लागि जोर्डन तेजेले बराबरी गोल गरेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : ११ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग