स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल « Khabarhub

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुख  स्कट अर्बोमबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा कोभिड–१९ महामारी नियन्त्रणमा भएको सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मातृ तथा शिशु स्वास्थ्य सुधार, विपद् व्यवस्थापन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा अमेरिकी सहयोगका विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो । 

भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली मजबुत बनाउन तथा सामाजिक–आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरिन् । 

दुवै पक्षले आपसी सम्मान, समझदारी र साझेदारीलाई थप सुदृढ बनाउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ५८ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै