प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने « Khabarhub

प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसँग जोडिएको भारत र चीनको सीमानाकाहरुमा दुवै देशका सुरक्षा अधिकारीहरूले सुरक्षा सतर्कता बढाउने भएका छन् ।  

भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सीमाक्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त गस्ती गर्ने सहमति भएको छ । 

यसै गरी ७२ घण्टा अगाडि अर्थात् फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सीमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोशी प्रदेशको चीनसँगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभए पनि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर जिल्लाका भारतीय सीमामा भने संयुक्त गस्ती समेत गरिने उनले बताए ।

निर्वाचनका बेला ७२ घण्टा सीमा सिल गर्ने र संयुक्त सीमा गस्ती गर्नुका साथै तस्करी नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, हतियार ओसारपसार र नक्कली नोट कारोबार नियन्त्रण गर्ने बारे भारतीय र नेपाली सुरक्षा अधिकारीहरूबीच सहमति भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ६ : ३४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार