प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने « Khabarhub

प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसँग जोडिएको भारत र चीनको सीमानाकाहरुमा दुवै देशका सुरक्षा अधिकारीहरूले सुरक्षा सतर्कता बढाउने भएका छन् ।  

भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सीमाक्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त गस्ती गर्ने सहमति भएको छ । 

यसै गरी ७२ घण्टा अगाडि अर्थात् फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सीमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोशी प्रदेशको चीनसँगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभए पनि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर जिल्लाका भारतीय सीमामा भने संयुक्त गस्ती समेत गरिने उनले बताए ।

निर्वाचनका बेला ७२ घण्टा सीमा सिल गर्ने र संयुक्त सीमा गस्ती गर्नुका साथै तस्करी नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, हतियार ओसारपसार र नक्कली नोट कारोबार नियन्त्रण गर्ने बारे भारतीय र नेपाली सुरक्षा अधिकारीहरूबीच सहमति भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ६ : ३४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली