बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र « Khabarhub

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो ।

आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए ।

‘हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ’, उनले भने, ‘उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ।’

चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउने निष्कर्षसहित आयोगले यो निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेन-जी आन्दाेलन राज्यको असफलता भएको निष्कर्ष निकालेको बीबीसीको यो भिडियोपछि एउटा पक्ष उत्साहिछ । अर्को पक्षले भने चुनावको मुखमा जनमत प्रभावित पार्न नियोजित रुपमा ल्याइएको भन्दै विरोध गरिरहेको छ।

बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज : इनसाइड नेपाल्स जेन-जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा त्यसबेलाको दमनको चित्रण गरिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : २० बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ