निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक « Khabarhub

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको छ । बिहीबार (फागुन १४) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्री–वितरण एवं सेवनमा रोक लगाएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार, फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री–वितरण एवं सेवन निषेध गरिएको हो ।

“सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला सुरक्षा समिति प्रतिबद्ध छ,” उनले भने, “निर्वाचनको समयमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सदभाव कायम राख्न यो निर्णय गरिएको हो, उल्लंघन गरे कारबाही हुन्छ ।”

निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्लाका विभिन्न स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी सुरक्षामा खटिएका छन् । नेपाली सेनाले गस्ती समेत गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ४२ बजे

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने