काठमाडौं– नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकहरूको तयारीमा जुटेको छ।
पार्टीले बिहीबार अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने तयारी गरेको छ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहणपछि पार्टीका केन्द्रीय समिति सदस्यहरू कार्यालयमा आउने क्रम जारी रहेको जनाइएको छ।
बैठकमा संसदीय रणनीति, बालेन शाहलाई दलको नेता चयन, सरकार गठनसम्बन्धी योजना तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सांसदहरूको शपथपछि रास्वपाले आन्तरिक तयारी अघि बढाएको छ, जसलाई आगामी सरकार गठनको तयारीसँग जोडेर हेरिएको छ।













प्रतिक्रिया