संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ « Khabarhub

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ । 

सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद २५ हजार र कदरपत्र प्रदान गर्नाका साथै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई-दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८२ को पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो ।

निरन्तर पाँच दशकसम्म गीत, सङ्गीत र नृत्यकलामा अनवरत लगावका साथै साहित्यको माध्यमबाट समाजमा पुर्‍याएको योगदानस्वरूप पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए। 

बेनीको पुरानो सांस्कृति समूह ‘दोभान ब्यान्ड’का सदस्य श्रेष्ठले पचासको दशकमा ‘रेल पुग्यो बम्बैमा’, ‘भेट भयो सलल’मा स्वरांकन गर्नाका साथै ‘जिस्की नहिँड’ पपगीत एल्बम बजारमा ल्याएका थिए। सम्मान र ताली (कथा सङ्ग्रह २०७२) र तिम्रै यादमा (गीत सङ्ग्रह २०७८) प्रकाशन गरेका श्रेष्ठ विगत १२ वर्षयता नेपाल भाषा मंका खःलः म्याग्दीको सांस्कृतिक संयोजकको जिम्मेवारीमा छन्। 

संस्थाले २०४९ सालदेखि हालसम्म १९ जनालाई पुरस्कार प्रदान गरेको छ । भैरवबहादुर श्रेष्ठ (२०४९), टीकाबहादुर श्रेष्ठ (२०५०), दीपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (९२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुवलाल शर्मा (२०६८), अङ्गद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ(२०७२), डा कर्ण बानियाँ (२०७४), तुलप्रसाद श्रेष्ठ(२०७६), प्रकाशकुमार श्रेष्ठ (२०७८) र चन्द्रप्रकाश बानियाँ (२०८०) पुरस्कृत भएका थिए । 

पुरस्कार वितरण समारोहमा संस्थाको मुखपत्र ‘गङ्गा’ पनि विमोचन गरिएको सचिव अजयमिलन श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ३ : ४६ बजे

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।