प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो  । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

पुलिसको जितमा ओपनर शंकर रानाले ११६ रनको शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रसिद खान १० रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक-एक विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो । उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे । उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए । आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे । 

पुलिसका लागि दिनेश खरेल र रसिद खानले समान तीन-तीन विकेट लिए भने करण केसीले दुई  विकेट लिए । प्रतियोगितामा तीन विभागीय  टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ । 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : ३३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट