प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो  । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

पुलिसको जितमा ओपनर शंकर रानाले ११६ रनको शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रसिद खान १० रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक-एक विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो । उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे । उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए । आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे । 

पुलिसका लागि दिनेश खरेल र रसिद खानले समान तीन-तीन विकेट लिए भने करण केसीले दुई  विकेट लिए । प्रतियोगितामा तीन विभागीय  टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ । 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ५ : ३३ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन