ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन « Khabarhub

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको चुनावमा ल्याएको करिब दुईतिहाइ बहुमतलाई ‘जादुगरले हात हल्लाएर परेवा निकालेजस्तै’ भनेर कटाक्ष गरेका छन् ।

एमालेबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई बिहीबार च्यासलमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको नतिजाबाट निराश नहुन भन्दै ढाडस दिए ।

संवैधानिक, कानुनी वा संसदीय प्रक्रियाबाट नभई ‘हुलहुज्जत’का आधारमा आफूलाई हटाइएको पनि तर्क उनले गरेका छन् ।

‘हाम्रो सरकार किन हटाइयो भन्ने कुरा प्रष्ट छ। एउटा जादुमय निर्वाचनको मञ्चन गरेर झण्डै दुईतिहाइ नतिजा ल्याएको देखाइएको छ। यो जादुगरले हात हल्लाएर परेवा निकालेजस्तै परिणाम हो’, उनले टिप्पणीसहित भने।

उनले राजनीतिमा उतारचढावलाई स्वभाविक भन्दै विचलित नहुन एमालेजनलाई अपील गरे। ‘२०१५ सालमा नेपाली कांग्रेस झण्डै दुईतिहाइनजिक थियो, २०७४–७५ मा हामी पनि त्यही स्थितिमा थियौँ। अहिले रास्वपा त्यही अवस्थामा छ,’ ओलीले सान्तवनासहित भने।

ओलीले इतिहासतिर फर्काउँदै २०१५ सालमा कांग्रेसको अझै राम्रो स्थिति रहेको बताए। तर २०१७ सालमा भएको राजाको हस्तक्षेपले त्यसलाई सकेको पनि उनले बताए। ।

यसअघि रास्वपा २० सिटमा रहँदा २०८० को उपनिर्वाचनपछि २१ सिट पुगेको उनले बताए । अहिले पनि प्रतिनिधिसभामा एमालेको उपस्थिति त्यसभन्दा बढी रहेको उनको जिकिर थियो ।

‘हामी खस्किएर यो अवस्थामा आइपुगेका छौँ। तर कुनै कुरा उत्कर्षमा पुगेपछि ह्रास सुरू हुन्छ भन्ने सिद्धान्त नै छ। हामी देश र जनताको हितविपरीत काम गरेर वा भ्रष्टाचार हटेका होइनौं’, उनले भने, ‘बरू घृणाको राजनीति र संयुक्त आक्रमणका कारण सरकारबाट बाहिरिन बाध्य भएका हौँ। त्यहीकारण निराश हुनुपर्दैन। हामी फेरि जनताको साथमा जान सक्छौँ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : ५१ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा